दफा १४
लिखत दर्ता, फिर्ता र दरपिठ
(१) अदालतमा दर्ता गर्न ल्याएको लिखत जाँच गर्दा कानून बमोजिम रीत पुगेको देखिएमा रजिस्ट्रार वा निजले तोकेको अधिकारीले त्यस्तो लिखत दर्ता गर्नु पर्नेछ ।
(२) लिखत दर्ता किताबमा दर्ता गरी त्यस्तो लिखत ल्याउनेको सहीछाप गराई त्यसको दर्ता नम्बर र मिति जनाई सम्बन्धित व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ। लिखत दर्ता किताबको ढाँचा अनुसूची-३ मा उल्लेख भए बमोजिम हुनेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले विद्युतीय माध्यमबाट समेत लिखत दर्ता गर्ने व्यवस्था गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम विद्युतीय माध्यमबाट कुनै लिखत दर्ता गर्दा रजिस्ट्रारले वा निजले तोकेको अधिकारीले आवश्यक देखेमा अवधि तोकी सक्कल लिखत पेस गर्न आदेश दिन सक्नेछ।
(५) अदालतमा दर्ता गर्न ल्याएको कुनै लिखत नियम १३ बमोजिम जाँच गर्दा रीत पुगेको नदेखिएमा प्रचलित कानूनमा कुनै अवधि तोकिएकोमा सो अवधिभित्र र अवधि नतोकिएकोमा तीन दिनभित्र यस्तो रीत पुग्याई ल्याउनु भनी त्यस्तो लिखतको पहिलो पृष्ठमा लेखी रजिस्ट्रार वा निजले तोकेको अधिकारीले दस्तखत गरी अदालतको छाप समेत लगाई फिर्ता गर्नु पर्नेछ। त्यसरी फिर्ता गरिएको लिखत त्यस्तो अवधिभित्र रीत पुन्याई ल्याएमा दर्ता गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम फिर्ता गरिएको लिखत सोही उपनियम बमोजिमको अवधिभित्र रीत नपुच्याई पुनः दर्ता गर्न ल्याएमा रजिस्ट्रार वा निजले तोकेको अधिकारीले सो लिखतको पहिलो पृष्ठको पछाडिपट्टिको शिरमा दर्ता गर्न नमिल्ने आधार र कारण उल्लेख गरी "यो लिखत दरपिठ गरिएको छ” भन्ने बेहोरा जनाई सही गरी अदालतको छाप लगाई दरपिठ सहितको लिखतको प्रतिलिपि अदालतमा राखी सक्कल प्रति सम्बन्धित पक्षलाई भरपाई गराई फिर्ता दिनु पर्नेछ।
(७) उपनियम (५) र (६) बमोजिम फिर्ता वा दरपिठ गरिएको लिखतको अभिलेख अनुसूची-४ बमोजिमको ढाँचामा राखी अच्चावधिक गर्नु पर्नेछ।